कला, संस्कृति र परम्पराका हिसाबले हामी समृद्ध छौँ: उपप्रधानमन्त्री सिंह
काठमाडाैं | पुस १५, २०८१
काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कला, संस्कृति र परम्पराका हिसाबले समृद्ध रहेको तमु ल्होसार संरक्षण गर्न जागरूक हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ टुँडिखेलमा आयोजना गरिएको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “महोत्सवमा देखिएको सबै वर्गको उपस्थिति र सहभागिता राम्रो पक्ष हो । पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समृद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौँ, त्यसलाई संरक्षण र संवर्द्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दै कसैलाई अप्ठ्यारो नहुनेगरी गर्नुपर्छ किनकि आफ्नो भाषा, धर्म, संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति जोगाउन वर्तमानमा सक्रियता बढाउनु आवश्यक छ ।”
महोत्सवमा गुरूङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरूक देखिएको भन्दै उहाँले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकामा बधाई ज्ञापन गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

